216  views

मालपोत कार्यालयमा जग्गा पास गर्दा प्रयोग हुने पब्लिक एक्सेस मोडल (PAM) के हो ?

सेवाग्राहीले आफु अनुकूल तरीकाले इन्टरनेटको माध्यमबाट सहजतापूर्बक जग्गाको कारोबारका लागि अनलाइनबाटै निबेदन दिन सकिने गरी बिकास गरिएको प्रणालीलाई पब्लिक एक्सेस मोडुल भनिएको छ । यस प्रणालिको माध्यमबाट मालपोत नियमावली, २०३६ (छैठौं संशोधन) को नियम २३क मा व्यवस्था भएको भू–सेवा केन्द्रको संचालन तथा व्यवस्थापन समेत गरिएको छ । यस प्रणालीको माध्यमले जग्गाधनीले आफ्नो हक स्वामित्वमा भएको घरजग्गा (अचल सम्पत्ती) को हक हस्तान्तरण गर्न आवश्यक पर्ने लिखत तथा निवेदन आफ्नो घर वा आफुलाई पाएक पर्ने भू–सेवा केन्द्र मार्फत अनलाईन नै भरी भराई सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमा पेश गर्न, प्रणालीबाटै लिखत निवेदन प्रिन्ट गर्न सक्दछन् । यो प्रणाली हाल सम्म ६७ कार्यालयमा संचालित छ । आर्थिक वर्ष २०७८/७९ मा सबै कार्यालयबाट सेवा संचालन गर्ने विभागको योजना रहेको छ ।

यसका प्रणालिका विशेषताहरु

  • वेवमा आधारित भएको हुँदा इन्टरनेट कनेक्टीभिटी भएको जुन सुकै स्थानबाट जग्गा प्रशासनका लागि आवश्यक निवेदन तथा फारम अनलाइन भर्न सक्ने ।
  • २४ घण्टा x ७ दिन को सुविधा ।
  • भूमि प्रशासनको प्रकृयाका सम्बन्धमा जानकारी राख्ने ब्यक्ति संस्था तथा स्थानीय निकायले मालपोत नियमावली २०३६ (छैठौ संशोधन) तथा भू–सेवा केन्द्र संचाल निर्देशिका, २०७६ बमोजिम अनुमति पत्र लिइ फारम भर्ने भराउने कार्य गर्ने सक्ने ।
  • एउटै कार्यालयमा धेरै प्रयोगकर्ता मार्फत निवेदन दर्ता गर्न सकिने भएकोले कार्य सम्पादनमा छिटो छरितो   हुने ।
  • प्रणालिबाट अनलाईन निवेदन तथा फारम भरे पश्चात आवश्यक लिखत तथा निवेदन प्रिन्ट गर्न सकिने भएकोले हस्तलिखत निवेदन फारम तयार गर्नु नपर्ने ।

यो प्रणाली कसले चलाउन सक्छन?

  • जसले जग्गाको कारोबारको व्यवसाय गर्न चाहन्छन,
  • जसलाई भूमी सम्वन्धी आधारभूत जानकारी रहेको छ,
  • जोसँग इन्टरनेट सुबिधा उपलब्ध छ,
  • जसले इन्टरनेट मार्फत वेब एप्लिकेसन चलाउन सक्छन,
  • जोसँग प्रणाली संचालनको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ ले तोकिदिए अनुसार आवश्यक पुर्बाधारहरु छन्,
  • जसले प्रणाली संचालनको लागि अनुमति पाएका छन् ।

 

यसका प्रणालिका प्रयोगकर्ताहरु

) पटके प्रयोगकर्ता

यूजर नेम र पासवर्ड नलिई जग्गाधनी आफैले एक पटकको लागि आफ्नो हक स्वामित्वमा भएको अचल सम्पतिको हक हस्तान्तरण गर्न अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवदेन तथा फारम भर्न सक्ने प्रयोगकर्तालाई “पटके प्रयोगकर्ता” भनिन्छ।

) साधारण प्रयोगकर्ता

आफ्नो घर जग्गासँग सम्बन्धित विवरण हेर्न र अनलाइन निवेदन फारम भर्नको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ बमोजिम शुल्क दस्तुर तिरी यूजर नेम र पासवर्ड प्राप्त गरेका जग्गाधनीलाई “साधारण प्रयोगकर्ता” भनिन्छ।

)  भू–सेवा केन्द्र प्रयोगकर्ता

मालपोत नियमावली, २०३६ (छैठौ संशोधन) परिच्छेद ६क सेवा केन्द्र सम्बन्धी व्यवस्था बमोजिम अनुमति प्राप्त सेवा केन्द्रलाई सम्झनु पर्छ  । यस अन्तरगत व्यक्ति, संस्था र स्थानीय तह पर्दछन् । यस परिच्छेद प्रयोजनको लागि व्यक्ति भन्नाले कानून ब्यवसायी वा लेखापढी ब्यवसाय गर्न प्रमाणपत्र प्राप्त ब्यक्ति जनाउने व्यहोरा मालपोत नियमावली, २०३६ (छैठौ संशोधन)  नियम २३क को स्पष्टिकरणमा दिइएको छ ।

प्रणालीबाट प्रदान गर्न सकिने सेवाहरु

(क)   अनलाईन प्रणालीमा उपलब्ध भएका निवेदन तथा फारम भर्ने,

(ख)   कार्यालयमा पेश गरिने निवेदन तथा लिखतको लागि आवश्यक कागजातहरु प्रणालीमा अपलोड गर्ने,

(ग)   निवेदन र फारम भू-सूचना प्रणालीमा दर्ता गरी त्यस्ता निवेदन र फारम प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउने,

(घ)   जग्गा प्रशासन सम्बन्धी आवश्यक सूचना सेवाग्राहीलाई प्रदान गर्ने,

(ङ)   समय–समयमा मन्त्रालय वा विभागले सूचना गरी तोकेका अन्य सेवाहरु प्रदान गर्ने ।

पब्लिक एक्सेस मोडुल (PAM) संचालनका भावी योजना :

आ व २०७८/७९ भित्र देश भरका कार्यालयमा प्रणालि संचालनमा ल्याउने योजनाका साथ तयारी गरीरहेको छ । यसै तयारीको शिलशिलामा उपत्यका र उपत्यका आसपासका भूमिसुधार तथा मालपोत कार्यालयका २।२ जना कर्मचारीहरुलाई PAM प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी सो कार्यालय अन्तरगत स्थानीय तह र इच्छुक संस्थाहरुलाई प्रणाली संचालन तालिम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसरी नै यस आर्थिक वर्षमा अन्य कार्यालयहरुमा पनि प्रशिक्षक प्रशिक्षण संचालन गरी बृहतरुपमा प्रशिक्षित गर्ने र प्रणाली संचालन तथा प्रयोजमा स्थानीय तह र जग्गाधनी स्वयमको दक्षता बढाउने योजना विभागले राखेको छ ।

भू-सूचना प्रणाली /LRIMS लागू भएका मालपोत कार्यालयहरू

हालसम्म अनलाइन सेवा लागू भएका मालपोत/ भूमिसुधार तथा मालपोत कार्यालयहरु:
क्र.सं. मालपोत कार्यालय/भूमिसुधार तथा मालपोत कार्यालय अनलाइन शुरु भएको मिति
कलंकी, काठमाण्डौ २०७२।०४।२५
ललितपुर २०७२।०९।१२
धादिङ २०७२।१०।१३
मकवानपुर, हेटौडा २०७२।११।०२
भक्तपुर २०७२।११।१९
डिल्लीबजार, काठमाण्डौ २०७२।१२।२१
भरतपुर, चितवन २०७२।१२।२८
बाग्लुङ्ग २०७३।०१।२९
चाबहिल,काठमाण्डौ २०७३।०२।२८
१० काभ्रेपलाञ्चोक २०७३।०९।०६
११ नेपालगंज,बाँके २०७३।०९।२१
१२ चनौली, चितवन २०७३।१०।१७
१३ माडी, चितवन २०७३।१०।१७
१४ खैरेनी, चितवन २०७३।१०।१८
१५ बिराटनगर, मोरङ २०७३।१०।२८
१६ कास्की, पोखरा २०७३।११।०६
१७ शिखरकोट, मकवानपुर २०७३।११।१९
१८ लेखनाथ, कास्की २०७३।११।२६
१९ पर्सा २०७३।१२।२५
२० टोखा, काठमाण्डौ २०७४।९।२८
२१ मनमैजु, काठमाण्डौ २०७४।१०।२१
२२ साँखु, काठमाण्डौ २०७४।१०।२८
२३ भद्रपुर, झापा २०७४।११।०६
२४ गोटीखेल, ललितपुर २०७५।०३।१५
२५ पाँचथर २०७५।०३।१५
२६ धरान, सुनसरी २०७५।०३।२०
२७ दमक, झापा २०७५।०३।३१
२८ नुवाकोट २०७५।०४।२७
२९ स्याङ्जा २०७५।०५।०७
३० दोलखा २०७५।०५।१८
३१ पर्वत २०७५।०५।२४
३२ सिन्धुपालञ्चोक २०७५।०५।२६
३३ रंगेली,मोरङ २०७५।०६।१२
३४ गोरखा २०७५।०६।२२
३५ कन्चनपुर, सप्तरी २०७५।०६।२५
३६ वालिङ्ग, स्याङ्जा २०७५।०६।२६
३७ उदयपुर २०७५।०६।२८
३८ इनरुवा, सुनसरी २०७५।०७।११
३९ कावासोती, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २०७५।०७।१६
४० जनकपुरधाम, धनुषा २०७५।०७।१८
४१ तनहुँ २०७५।०७।२६
४२ रुपन्देही २०७५।०७।२८
४३ कलैया,बारा २०७५।०८।०९
४४ सुर्खेत २०७५।०८।१७
४५ परासी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २०७५।०९।०८
४६ सिमरा, बारा २०७५।०९।०९
४७ बेलवारी, मोरङ २०७५।०९।११
४८ बुटवल, रुपन्देही २०७५।०९।२७
४९ तौलिहवा,कपिलबस्तु २०७५।०९।२९
५० चन्द्रौटा, कपिलबस्तु २०७५।०९।३०
५१ राजविराज, सप्तरी २०७५।१०।१८
५२ मेहेलकुना, सुर्खेत २०७५।११।०३
५३ महेन्द्रनगर, कञ्चनपुर २०७५।११।०३
५४ धनगढी, कैलाली २०७५।११।०५
५५ रामपुर, पाल्पा २०७६।०१।०२
५६ तुलसीपुर, दाङ २०७६।०१।०४
५७ टिकापुर, कैलाली २०७६।०१।१५
५८ राजापुर, बर्दिया २०७६।०२।१७
५९ इलाम २०७६।०२।१९
६० घोरही, दाङ २०७६।०२।१९
६१ ताप्लेजुङ २०७६।०२।२१
६२ लमही, दाङ २०७६।०२।२१
६३ हरिवन, सर्लाही २०७६।०२।२४
६४ बेलौरी, कञ्चनपुर २०७६।०२।२६
६५ दैलेख २०७६।०३।०१
६६ जाजरकोट २०७६।०३।०३
६७ मुस्ताङ २०७६।०३।०९
६८ म्याग्दी २०७६।०३।१०
६९ गौर, रौतहट २०७६।०३।१८
७० गरुडा, रौतहट २०७६।०३।१९
७१ घर्तिगाउँ, रोल्पा २०७६।०३।२०
७२ प्यूठान २०७६।०३।२२
७३ रोल्पा २०७६।०३।२४
७४ बैतडी २०७६।०३।२४
७५ डडेल्धुरा २०७६।०३।२५
७६ चन्द्रनिगाहपुर, रौतहट २०७६।०४।०५
७७ सल्यान २०७६।०४।१५
७८ धनकुटा २०७६।०४।१९
७९ अर्धाखाँची २०७६।०४।२६
८० गुलरिया, बर्दिया २०७६।०४।२६
८१ कटारी, उदयपुर २०७६।०४।२७
८२ सिराहा २०७६।०५।०५
८३ लमजुङ २०७६।०५।०८
८४ गुल्मी २०७६।०५।१०
८५ रसुवा २०७६।०५।१५
८६ लाहान, सिराहा २०७६।०५।१५
८७ मलंगवा, सर्लाही २०७६।०५।१६
८८ रामेछाप २०७६।०५।२०
८९ सिन्धुली २०७६।०५।२२
९० बुर्तिवाङ, बाग्लुङ २०७६।०५।२३
९१ खाँदबारी, संखुवासभा २०७६।०५।२५
९२ डोटी २०७६।०५।२७
९३ तानसेन, पाल्पा २०७६।०५।२९
९४ बर्दीवास, महोत्तरी २०७६।०५।३०
९५ जलेश्ववर, महोत्तरी २०७६।०५।३१
९६ बरहथवा, सर्लाही २०७६।०५।३१
९७ तेह्रथुम २०७६।०६।०२
९८ चैनपुर, संखुवासभा २०७६।०६।०५
९९ भोजपुर २०७६।०६।०७
१०० ओखलढुङगा २०७६।०६।०९
१०१ खोटाङ २०७६।०६।१०
१०२ कालिकोट २०७६।०७।१५
१०३ जुम्ला २०७६।०७।१७
१०४ मंगलबारे, इलाम २०७६।०७।१९
१०५ दार्चुला २०७६।०७।२२
१०६ सोलुखुम्बु २०७६।०७।२४
१०७ बझाङ २०७६।०७।२५
१०८ झोताभैरव, (बझाङ) २०७६।०७।२८
१०९ दुल्लु (दैलेख) २०७८/०३/१३
११० बाजुरा २०७८/०३/१३
१११ अछाम २०७८/०३/१३
११२ संक्रान्तिबजार (तेह्रथुम) २०७८/०३/१४
११३ दिङ्ला (भोजपुर) २०७८/०३/१४
११४ खिजिफलाटे (ओखलढुंगा) २०७८/०३/१४
११५ मौलापुर (रौतहट) २०७८/०३/१४
११६ हुम्ला २०७८/०३/२०
११७ रुकुम पूर्व २०७८/०३/२०
११८ जस्पुर प्यूठान २०७८/०३/२०
११९ डोल्पा २०७८/०३/२३
१२० मुगु २०७८/०३/२३
१२१ रुकुम पश्चिम २०७८/०३/२३
१२२ मनाङ् २०७८/०३/२३
१२३ सिर्दिवास (गोरखा) २०७८/०३/२३
१२४ मजुवाबजार( गुल्मी) २०७८/०३/२३
१२५ खोटाङ्बजार (खोटाङ्) २०७८/०३/२३
१२६ मझगावा (रुपन्देही) २०७८/०३/२३

Blogs