- +977 9862299989
- [email protected]
विदेशमा कमाउनु हुन्छ ? नेपालमा घरजग्गा किन्ने यही हो उपयुक्त समय
काठमाडौं । यदि तपाईं विदेशमा राम्रै कमाई गरिरहनुभएको छ र नेपालमा घरजग्गा किन्ने सोँचमा हुनुहुन्छ भने यो समय तपाईंका लागि उपयुक्त हो ।
सामान्य समयमा घरजग्गाको भाउ हरेक दिन अनियन्त्रित ढंगले बढिरहेको हुन्छ । ‘बैना टु बैना’मै आनाको लाखौं रुपैयाँ बृद्धि भइरहेको हुन्छ ।
तर, आर्थिक संकट र बैंकमा लगानीयोग्य रकम अभावका कारण यतिबेला नेपालको रियलस्टेट सेक्टरमा मूल्य वृद्धि रोकिएको मात्र हैन, ठूलो साइजका जग्गाहरुको भाउ आरोलो समेत लाग्न थालेको छ ।
यदि तपाईंले विदेशमा कमाएको पैसा बढि प्रतिफल दिने ठाउँमा लगानी गर्ने सोचिहरनुभएको छ भने नेपालमा घरजग्गामा लगानी गर्नु सबैभन्दा बुद्धिमानी हुनेछ । किनकी केही समयमा मार्केट बाउन्सब्याक हुने छ र तपाइको लगानीले उच्च प्रतिफल दिनेछ ।
अहिले विदेशमा एक-दुई प्रतिशतको ब्याजमा पैसा राख्नुभन्दा नेपालमा घरजग्गा लगानी गर्दा औसत १५ देखि २० प्रतिशतको प्रतिफल पाउने सम्भावना रहेको घरजग्गा व्यवसायका जानकारहरु बताउँछन् ।
पछिल्लो एक डेढ वर्षदेखि बैंकहरुले चरम तरलता संकट ब्यहोरिरहेका छन् । लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाहमा संकुचन आएको छ । त्यसमाथि राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गरेको छ ।
चौतर्फी दबाबमा पर्दा अहिले जग्गाको किनबेच कम भएकोले मूल्यमा स्थिरता आएको घरजग्गा व्यवसायीको भनाई छ । साना टुक्रा जग्गाको मूल्यमा स्थिरता आएपनि बैंकबाट ऋण लिएर खरिद गरेका कमर्शियल जग्गाको मूल्य भने घट्न थालेको बताइन्छ । बैंकको ऋण तिर्नका लागि सस्तोमै भएपनि घरजग्गा बिक्री गर्ने बढिरहेको देखिन्छ ।
कस्ता जग्गा किन्ने ?
भूउपयोग नियमावली २०७९ ले आवासीय क्षेत्रमा न्यूनतम चार आना र कृषि क्षेत्रमा एक रोपनी भन्दा कम क्षेत्रफल हुने गरि कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । भोलीका दिनमा धेरै साना टुक्रा जग्गामा घर बनाउन स्थानीय तहले कडाई पनि गर्न सक्छन् । त्यसैले चार आनाभन्दा कम क्षेत्रफलका जग्गामा लगानी गर्दा सचेत हुनैपर्छ
किनबेच गर्न सजिलो हुने र तत्कालै ग्राहक पाइने सानो साइजका ४ देखि ५ आनाका टुक्रा जग्गामा लगानी गर्नु बुद्धीमानी हुन्छ ।
तपाईंले उच्च प्रतिफल प्राप्त गर्ने गरी घरजग्गामा लगानी गर्दा विकासोन्मुख ठाउँ रोज्नुपर्छ, जहाँ भोलिका दिनमा विकास निर्माण भएर जग्गाको मूल्यमा उछाल आउन सक्छ । पहिल्यै भाउ बढिसकेका सम्पत्तिको मूल्यवृद्धि निकै सुस्त गतिमा हुने हुँदा राम्रो प्रतिफल नआउन पनि सक्छ । र, त्यस्ता ठाउँमा लगानी पनि धेरै गर्नुपर्ने हुन्छ ।
काठमाडौं उपत्यकाको हकमा रिङरोडभित्र लगानी गर्नुभन्दा प्रस्तावित बाहिरी चक्रपथ आसपासका क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल प्राप्त हुन सक्ने नेपाल भूमि रियलस्टेटका सञ्चालक बिक्रम लामा बताउँछन् ।
पछिल्लो समय काठमाडौं उपत्यकाका काठ क्षेत्रहरु घरजग्गाका हट लोकेसन मानिन्छन् । ती ठाउँमा प्रोपर्टी खरिद गर्दा लगानी पनि कम हुने र प्रतिफल पनि उच्च हुने सम्भवाना रहन्छ ।
काठमाडौं बाहिरका सहरमा पनि घरजग्गा किनबेच बढेका छन् । अहिले संकटको समयमा भाउ स्थिर भएको हुँदा मोफसनका सहरहरु पनि उपयूक्त स्थान हुन सक्छन् ।
खासगरी नयाँ निर्माणाधिन सहरमा लगानी गर्नु बढी फलदायी हुन्छ । औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र र भोलि सहर बस्ने सम्भावना भएका ठाउँहरुमा सस्तोमा जग्गा किनेर राखे भोलि राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ ।
कति रकमका जग्गा किन्ने ?
काठमाडौं उपत्यकाको हकमा आवासीय प्रयोजनका लागि काम लाग्ने आनाको १० देखि २० लाखको हाराहारी मूल्यका भएका जग्गाहरुले तपाइलाई उच्च प्रतिफल दिनेछन् । अहिले नै मूल्य बढिसकेका जग्गामा लगानी गर्दा भोली धेरै मूल्य बढेर प्रतिफल दिने सम्भवना कम हुन्छ ।
यदि तपाइ काठमाण्डौ लगायतका शहरी क्षेत्रमा आफ्नै घर होस् भन्ने चाहनुभएको छ भने पनि बनिसकेको वा टुक्रा जग्गा किन्ने यो उपयुक्त समय हो, तपाइले सामान्य समयमाभन्दा औसतमा २० प्रतिशत सस्तो घरजग्गा पाउन सक्नुहुन्छ ।
अहिले नेपाली बैंकहरुले घरजग्गा कर्जा दिन सकेका छैनन् । त्यसैले स्वदेशमै रहेका व्यक्तिको घरजग्गा खरिद गर्ने क्रयक्षमता स्वात्तै घटेको छ । तर, विदेशी बैंकबाट सस्तो ब्याजमै कर्जा निकाल्न सक्ने सम्भवना पनि रहन्छ । यस्तो अवस्थामा मूल्य घटेको वा स्थिर रहेको घरजग्गामा लगानी गरेर निकट भविष्यमै मनग्ये प्रतिफल निकाल्ने अवसर विदेशमा कमाउने नेपालीलाई हुनेछ ।