137  views

कस्तो अवस्थामा जग्गामा हदबन्दी लाग्दछ ?

हदबन्दी भन्नाले समान्यतया कुनै कुराको हद वा सीमाको निर्धारण वा निर्धारित सीमा वा अधिकतम सीमा वा माथिल्लो हद भन्ने बुझिन्छ र भूमि सम्वन्धी ऐन, २०२१ मा प्रयूक्त यस शब्दले कुनै पनि व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको माथिल्लो हद वा अधिकतम सीमा सम्झनु पर्दछ । कुनै पनि व्यक्ति वा निजको परिवारले राख्न पाउने जग्गाको हदबन्दी निर्धारण
गरेको एकमात्र ऐन भूमि सम्वन्धी ऐन, २०२१ हो । सो ऐनले निम्न वमोजिमको हदबन्दी निर्धारण गरेको छ ।  भूमिसम्वन्धी ऐन २०२१ मिति २०२१।८।१ मा प्रकाशन भएको हो र हालसम्म यसमा ६ पटक संशोधन भएको छ तर हदबन्दी प्रयोजनका लागि भने पाँचौ संशोधनले मात्र साविकको हदबन्दी परिवर्तन गरी नयाँ व्यवस्था गरेको छ । जग्गाको हदबन्दी सम्वन्धमा सो ऐनले निम्न अनुसारको व्यवस्था गरेको छ । ऐन लागु भएपछि नेपाल अधिराज्यमा जम्मा २५ विगाहमा नबढ्ने गरी देहायको क्षेत्रमा देहायको हदसम्म मात्र राख्न पाउने गरी व्यवस्था भएको छ जसअनुसार २०२१।८।१ देखि हाल सम्म दुई भिन्न समयमा भिन्न प्रकृतिको हदबन्दी व्यवस्था रहेको छ ।
hadbandi
hadbandi

Blogs