- +977 9862299989
- [email protected]
मोहीहक वा मोहीयानी हक भनेको के हो ?
हाल प्रचलनमा रहेको “मोही” शब्दले निम्न वमोजिमको व्यक्तिलाई बुझाउँछ ।अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नोपरिवारको श्रमले खेती गर्ने किसान संझनुपर्छ (भूमि सम्बन्धी ऐन, २०२१ को दफा २(ख)
४.१ मोहीहक वा मोहीयानी हक भनेको के हो ?
कानूनद्वारा निर्धारित शर्त पूरा गरुञ्जेल खोस्न नपाउने गरी जग्गा कमाउने वा
भोगचलन गर्ने व्यक्तिलाई प्रदत्त हकलाई मोहीयानी हक ९त्भलबलअथ च्ष्नजत० भनिन्छ ।
४.२ मोहीयानी हक प्राप्त हुने अवस्था ।
कुनै जग्गाको सम्वन्धमा कुनै व्यक्तिलाई निम्न तरिकाबाट मोहीयानी हक प्राप्त हुन सक्छ ।
क) भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५ प्रारम्भ भएको मितिसम्म कुनै
जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई (दफा २५(१))
ख) भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५ (२) वमोजिम कुनै जग्गावालाको जग्गा
कुनै शर्तमा कमाउने व्यक्तिलाई ।
४.३ मोहीयानी हक प्राप्ती सम्वन्धमा कार्यालयमा चल्ने कारवाही ।
मोहीयानी हक प्राप्त सम्वन्धमा कार्यालयमा निम्न प्रकृतिका काम कारवाहीहरू
सम्पादन हुन्छन्ः
क) मोही कायम गरिपाउँ
ख) मोही प्रमाणपत्र पाउँ
ग) मोही नामसारी गरिपाउँ
४.४ मोहीहक प्राप्ती सम्वन्धमा विद्यमान कानून ।
माथि दफा ४.४ वमोजिमका कामकारवाहीका सम्वन्धमा हाल निम्न वमोजिमको
कानूनी व्यवस्था विद्यमान छः
क) भूमिसम्वन्धी ऐन, २०२१ को परिच्छेद–१, परिच्छेद–३, परिच्छेद–७, परिच्छेद–१०
ख) भूमि सम्वन्धी नियमहरू, २०२१ को परिच्छेद–२
ग) मुलुकी ऐन, २०२१ को अदालती वन्दोवस्त र अन्य महलहरू
४.५ मोहीयानी हक कायम वा मोहीको हक प्राप्त हुन नसक्ने अवस्थाः
निम्न अवस्थामा कसैलाई पनि मोहियानी हक प्राप्त हुन सक्ने छैनः
क) भूमि सम्वन्धि ऐन, २०२१ को दफा २५(२) वमोजिम २०५४।३।२३ भित्र आफूले
कुनै जग्गावालाको कुनै जग्गा कुनै शर्तमा कमाई आएको कारण सो दफाको
प्रकृया अनुसार मोहीहक कायम गरि पाउन निवेदन दिइ सकेको छैन भने सो
मिति पछिको निवेदन वमोजिम मोहीयानी हक प्राप्त हुन सक्दैन,
ख) घरवारीको जग्गा कमाउने व्यक्ति,
ग) गैर नेपाली नागरिकको हैसियतले जग्गा कमाउने व्यक्ति,
घ) नेपाल सरकारको स्वामित्व भएको जग्गा कमाउने व्यक्ति
ङ) औद्योगिक व्यवसायको निमित्त नेपाल सरकारले तोकिदिएको जग्गा कमाउने व्यक्ति,
च) अरु जग्गावालाको जग्गा आफूले कमाउन लिएकोमा आफ्नो वा आफ्नो
परिवारको श्रमले नकमाई अरुलाई कमाउन दिने व्यक्ति,
छ) हदबन्दी भन्दा बढी जग्गा कमाउने व्यक्ति